घोराहीबाट रोल्पा जाँदै गरेको बस दुर्घटना , चार जनाको मृत्यु, ११ घाइते — OSNepal

घोराहीबाट रोल्पा जाँदै गरेको बस दुर्घटना , चार जनाको मृत्यु, ११ घाइते

LC (KTM) November 18, 2021 0

दाङ, २ मंसिर-रोल्पामा फेरि सवारी दुर्घटना भएको छ । यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका २ मा दुर्घटना भएको हो ।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते भएको रोल्पा प्रहरीले जनाएको छ । बस शहिदमार्गअन्तर्गत माडी गाउँपालिका वडा नम्बर २ जलजलामा दुर्घटनामा परेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए । बसमा सवार १८/२० जना सवार रहेको अनुमान गरिएको छ । बस सडकदेखि १०० फिट तल खसेको छ ।विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर