चर्चित गायक यम बरालले दोस्रो बिहे गरेको खुलासा, बिहे गरेको अस्विकार गरे पनि बिहेमा नाँचेको भिडियो भाइरल — OSNepal

चर्चित गायक यम बरालले दोस्रो बिहे गरेको खुलासा, बिहे गरेको अस्विकार गरे पनि बिहेमा नाँचेको भिडियो भाइरल

LC (KTM) January 12, 2022 0

काठमाडौं-चर्चित गायक यम बरालले दोस्रो बिहे गरेको खुलासा भएको छ । आफुले हिे गरेका बरालले अस्विकार गरे पनि उनले दोस्रो बिहे भएको खुलासा भएको हो । सन् २०११ मा आकृति राणासँग सम्बन्ध विच्छेद गरेका बरालले गुपचुप गरेको अर्को बिहे सञ्चारमाध्यमले सार्वजनिक गरेका हुन्।

संचारमाध्यममा उनीहरुले बिहे गरेको भिडियो पनि सार्वजनिक भएको छ । गायक बरालले गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग गत मंसिरमा बिहे गरेको बताइएको छ ।

उनी कांग्रेस राजनीतिमा क्रियाशील छिन्। प्रकाश सुवेदीद्वारा सञ्चालित टेलिभिजन कार्यक्रम बागीनाले सार्वजनिक गरेको भिडिओमा उनीहरू दुलाहा–दुलहीका रूपमा मज्जाले नाचिरहेको भिडियो भाइरल बनेको छ । हालै सम्पन्न कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधि बन्न बागमती प्रदेश अधिवेशनमा उम्मेदवार बनेकी उनले पराजय भोगेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर