चर्चित गायक राजेश पायल राईमाथि स्टेज मै हातपात — OSNepal

चर्चित गायक राजेश पायल राईमाथि स्टेज मै हातपात

LC (KTM) January 01, 2022 0

काठमाडौं १७ पौष । नेपाली चर्चित गायक राजेश पायल राई माथि स्टेजमै हातपात भएको छ ।

अंग्रेजी वर्ष नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रममा अमेरिकाको न्युयोर्क शहर पुगेका गायक राईमाथि स्टेजमै आएर एक जनाले उनीमाथि दुर्व्यवहार गरेका हुन् ।

बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ नेपाल अमेरिकन कम्युनिटीको आयोजना रहेको कन्सर्टमा सांगीतिक प्रस्तुति दिँदै उनीमाथि हातपात भएको हो ।

४ दिन पहिले अमेरिका उडेका गायक राई माथि भएको हातपातको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर