काठमाडौंँ । चर्चित टेलिसिरियल ‘जुठे’ बन्द भएको छ ।सिरियल बुधबारबाट बन्द भएको निर्देशक मरिच मान श्रेष्ठ ‘बल्छी धुर्बे’ले बताए । निषेधाज्ञामा चल्दै आएको श्रृखंला अहिले आएर एकाएक बन्द भएको हो ।
‘सिरियलमा उठाएको बिषयमा केही व्यक्तिले बिवाद गरेका कारण र छायाँकन असम्भव भएको कारण अहिलेलाई ‘जुठे’ बन्द गरिएको श्रेष्ठले बताए । निषेधाज्ञा खुलेपनि बिवाद समाधान गरेर फेरि ‘जुठे’ सुरु गर्ने श्रेष्ठले बताए ।
हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको सिरियलमा राजु पौडेल ‘मास्टर’ र श्रेष्ठको संयुक्त लेखन निर्देशन रहेको छ । रवि गिरी, बिद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, राजु पौडेल, मरिच मान श्रेष्ठ लगायतको कलाकारको मुख्य अभिनय रहदै आएको छ । योगेश काजीको संगीत रहेको श्रृखंला राहुल राई र घनश्याम पोखरेलले छायाँकन, रविन भट्टले सम्पादन गर्दै आएका छन् ।