चर्चित भारतीय टेलिसिरीयल बालिका बधु २ चाँडै आउँदै , कर्लस टीभिद्धारा टीजर सार्वजनिक — OSNepal

चर्चित भारतीय टेलिसिरीयल बालिका बधु २ चाँडै आउँदै , कर्लस टीभिद्धारा टीजर सार्वजनिक

LC (KTM) June 28, 2021 0

भारतीय टेलिभिजनमा प्रशारण हुदै आएको एकदमै चर्चित सिरीयल बालिका बधु फ्यानहरुलाई मनोरञ्जन दिन फेरी एक पटक तयार भएको छ । यसपटक यस सिरीयलका पात्रहरु फरक रहनेछन् । बालिका बधूको दोस्रो सिजन आउन लागेको कलर्सले एक टीजर फाल्दै जानकारी दिएको छ ।

यस्तो छ बालिका बधु २ को टीजर : 

यस टीजर भिडियोमा एक सानी बच्ची हिडिरहेको देख्न सकिन्छ । जसको ब्याकग्राउण्डमा आवाज आउँछ कति सुन्दर बच्ची । यीनको लागि त एक सानो राजकुमार खोज्नुपर्छ । टीजर भिडियो शेयर गर्दै कलर्सको इन्ष्टाग्राम एकाउण्टमा लेखिएको छ – बाल बिबाह त्यो कुप्रथा हो जुन आज पनि समाजमा जिवितै रहेको छ । यसलाई हटाउनका लागि जन्मीएकी छिन् एक नयाँ आनन्दी । एक नयाँ बालिका बधु ।

बालिका बधुको सिजन २ चाँडै आउन गइरहेको छ । अघिल्लो बालिका बधुमा अबिका गौरले आनन्दीको भुमीका निर्बाह गरेकी थिईन् । यस शो मा श्रेया पटेल र बंश सयानीले मुख्य भुमीका निर्बाह गर्ने भएका छन् । अगष्ट बाट बालिका बधु २ रिलीज हुने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर