चलचित्र ‘पृथ्वीराज’को टिजरमा अहिले सम्मकै फरक अबतारमा देखा परे अक्षय कुमार र मानुषी — OSNepal

चलचित्र ‘पृथ्वीराज’को टिजरमा अहिले सम्मकै फरक अबतारमा देखा परे अक्षय कुमार र मानुषी

LC (KTM) November 17, 2021 0

काठमाडौं-नायक अक्षय कुमार र पूर्व विश्वसुन्दरी मानुषी छिल्लर अभिनित फिल्म ‘पृथ्वीराज’को टिजर सार्वजनिक भएको छ । एक ऐतिहासिक प्रेमकथामा आधारित यो चलचित्र सम्राट पृथ्वीराज चौहानको जीवनीमा आधारित छ ।

फिल्मको टिजर सार्वजनिक हुनु अघि नै पूर्व विश्वसुन्दरी मानुषी छिल्लरले अभिनय गर्ने विषयले चर्चा पाएको थियो । यो चलचित्रलाई सन् २०२२ को जनवरी २१ तारिखबाट रिलिज गर्ने निर्माण कम्पनी यशराज ब्यानरको तयारी छ । फिल्ममा अक्षय कुमारको भुमिका रहेको छ ।

फिल्ममा अक्षयका अलवा मानुषी छिल्लर, सञ्जय दत्त र सोनु सुद मुख्य भूमिकामा छन् । अक्षय कुमार अभिनित चलचित्र ‘सूर्यवंशी’ले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । यो चलचित्र हलमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर