चाँगुनारायण अस्पताललाई अक्सिजनसहितको १० सिलिण्डर सहयोग — OSNepal

चाँगुनारायण अस्पताललाई अक्सिजनसहितको १० सिलिण्डर सहयोग

LC (KTM) May 17, 2021 0

मध्यपुरथिमि, ३ जेठ- चाँगुनारायण नगरपालिकाले ग्रामीण क्षेत्र चाँगुमा आफूले सञ्चालन गरेको चाँगुनारायण अस्पताललाई अक्सिजनसहितको १० सिलिण्डर सहयोग गरेको छ । चाँगु नारायणवासीलाई कोरोना संक्रमणबाट बचाउन उपचार गरिरहेको अस्पतालमा अक्सिजन नभएपछि १० शय्याको अस्पताललाई सिलिण्डर सहयोग गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा स्थानीय समाजसेवी रमेश बुढाथोकीका नेतृत्वमा रु दुई लाख ४८ हजारमा सिलिण्डर किनेर अस्पताललाई हस्तान्तरण गरिएको हो । अस्पताललाई आफूले रु एक लाख २४ हजारमा पाँच र चाँगुनारायण– ४ का वडाध्यक्ष बुद्धिलाल महर्जन, अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष साधुराम दाहाल, युवा नेता उपेन्द्र ढकाललगायतका सहयोगमा रु एक लाख २४ हजारमा अर्को पाँच गरी ठूलो सिलिण्डर किनेर अस्पताललाई दिइएको बुढाथोकीले बताउनुभयो ।

कोरोना भएका बिरामीले अन्तका अस्पतालमा उपचार गर्न शय्या नपाएकाले उक्त अस्पतालमा अहिले १० शय्या भए पनि ११ कोरोना बिरामीको उपचार गरिइरहेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । नगरपालिकाले कोरोना बिरामीका लागि अस्पताल, आइसोलेशन, एम्बुलेन्स र शववाहन सञ्चालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर