चार महिना अगाडि नै कोपिला उप्रेतीसँग सम्बन्ध विच्छेद गरेका निखिल उप्रेतीले दिए भक्तपुरको घर — OSNepal

चार महिना अगाडि नै कोपिला उप्रेतीसँग सम्बन्ध विच्छेद गरेका निखिल उप्रेतीले दिए भक्तपुरको घर

LC (KTM) December 05, 2021 0

अभिनेता निखिल उप्रेतीले जेठी श्रीमती कोपिला उप्रेतीसँग सम्बन्ध विच्छेद चार महिना अगाडि नै भएको खुलेको छ । सम्बन्ध बिच्छेदबारे खबर बाहिरिएपछि जेठी श्रीमती कोपिला उप्रेतीले सामाजिक सञ्जालमा पूर्वपति निखिल उप्रेतीको खुशीको लागि यो सम्वन्ध विच्छेद गरेको बताएकी छिन ।उनले एक अर्काको पुरै माया प्रेम र आपसी सहमतिमा यो वैवाहिक सम्वन्धको अन्त्य गरेको समेत बताएकी छिन् ।

जिल्ला न्यायाधीश उमेश कोइरालाले हस्ताक्षर गरेको निर्णयमा भनिएको छ, ‘यसमा दुवै पक्षले मिलापत्र गरी पाउँ भनी दिएको संयुक्त दरखास्त र सोही दरखास्त बमोजिम लेखिएको मिलापत्रको कागजी व्यहोरा समेत दुवै पक्षलाई बाची सुनाइ सोको मतलब र परिणाम समेत सम्झाउँदा बुझाउँदा समेत लेखिए बमोजिम सुनाइ सोको मतलब सम्बन्ध विच्छेद हुने गरी मुद्दा मिलापत्र गर्न दुवै पक्ष मञ्जुर भई दुवै पक्षले सही क्षापसमेत गरेकोले प्रस्तुत मुद्दा मुलुकी देवानी कार्यसंहिता २०७४ को दफा १९३ ९४० बमोजिम मिलापत्र प्रमाणित गरिएको छ ।’नेपाल समचारपत्रमा खबर छ । उनले कोपिलालाई भक्तपुरको घर छाडिदिएका छन् । यो बाहेक निखिलले ५० लाख नगद र महिनाको ५० हजार दिनुपर्ने सर्तमा सहमति भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर