चार वर्षपछि फिल्म निर्माणमा फर्किए निर्माता छवि ओझा — OSNepal

चार वर्षपछि फिल्म निर्माणमा फर्किए निर्माता छवि ओझा

LC (KTM) December 03, 2021 0

काठमाडौं । निर्माता छविराज ओझा चार वर्षपछि फिल्म निर्माणमा फर्किने भएका छन् । उनले यसै साता आफ्नो ५७ औँ जन्मदिनका अवसरमा नयाँ फिल्मको गीत रेकर्ड गराएका छन् । गीतमा प्रविशा अधिकारी र डेविड शंकरले स्वर दिएका छन्। यसमा दीपक शर्माको शब्द र संगीत छ । यसअघि छविराजले बनाएको फिल्म ‘मंगलम’ को चर्चित गीत ‘पर्ख पर्ख मायालु‘’ पनि दीपकले नै बनाएका थिए । ओझाले यो पटक निर्देशकमा नवराज शर्मालाई छानेका छन् । शर्माले यसअघि सयभन्दा बढी फिल्ममा सहायक निर्देशक भएर काम गरिसकेका छन् । उनी यही फिल्मबाट निर्देशकका रुपमा आउन लागेका हुन् । अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको ओझाले बताए ।

दुई महिनापछि छायाँकन सुरु हुने उनले बताए। फिल्मका लागि कलाकार छनोट सुरु गर्न लागिएको ओझाले बताए । अहिलेसम्म आफूले राम्रो फिल्म बनाउने कोशिश गरेको बताउँदै ओझाले यसअघि नारी प्रधान फिल्म बनाउँदै आएका थिए । सौर्य दैनिकमा खबर छ । यसपटक युवापुस्तालाई लक्षित गर्दै फिल्म बनाउन लागेको उनले बताए । ‘निर्देशक नवराज शर्माको सोचमा फिल्म बन्दैछ। मेरो हिसाबमा चाहिँ फिल्म पूर्णत लभस्टोरी हुनेछ’, उनले भने, ‘स्क्रिप्ट र गीत हेर्दा फिल्म राम्रो बन्छ भन्नेमा म ढुक्क छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर