चालिस वर्षीया निर्मला सहित अर्का एक जनालाई प्रहरीले पक्राउ गर्यो मध्यराति — OSNepal

चालिस वर्षीया निर्मला सहित अर्का एक जनालाई प्रहरीले पक्राउ गर्यो मध्यराति

LC (KTM) November 18, 2021 0

दाङ २ मंसिर । अवैध लागु औष सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती गाउँपालिका-१ भालुबाङ बस्ने ४५ वर्षीया निर्मला चौधरी र ४० वर्षीय नरेन्द्र बहादुर जिसी रहेका छन् ।

उनीहरुको साथबाट ईलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले ८ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामत गरेको छ ।

जसमा निर्मलाको साथबाट ७ ग्राम ७ सय मिलिग्राम र नरेन्द्रको साथबाट ३ यि मिलिग्राम अवैध लागु औषध बरामत गरेको हो । उनीहरुलाई बुधबार राति भालुबाङ बजारबाट पक्राउ गरिएको हो ।

यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर