चितवनको सौराहामा जारी नेकपा एमाले मतदान सम्पन्न — OSNepal

चितवनको सौराहामा जारी नेकपा एमाले मतदान सम्पन्न

LC (KTM) November 30, 2021 0

चितवनको सौराहामा जारी नेकपा ९एमाले०को १०औँ राष्ट्रिय महाधिवेशनमा मतदान सम्पन्न भएको बारे जानकारी दिँदै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई ।

सुनचाँदीका मूल्यमा सामान्य गिरावट-सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले घटेर रु ९१ हजार ९०० कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ४०० तोकिएको छ यसको मूल्य सोमबार प्रतितोला रु ९१ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २०५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९० डलर आसपास कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर