चीनका राष्ट्रपति सी जिनपिङले भने - चीनले साना देशलाई कहिल्यै धम्की दिन्न — OSNepal

चीनका राष्ट्रपति सी जिनपिङले भने – चीनले साना देशलाई कहिल्यै धम्की दिन्न

LC (KTM) November 23, 2021 0

बेइजिङ – चीनका राष्ट्रपति सी जिनपिङले चीनले साना देशलाई कहिल्यै पनि धम्की नदिने बताएका छन् । दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संगठन (आसियान) को सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले सो धारणा व्यक्त गरेका हुन् । ‘चीनले साना देशहरुलाई कहिल्यै धम्की दिन्न । हामीले यस क्षेत्रमा शान्ति र स्थिरताका लागि छिमेकीसँग राम्रो सम्बन्ध गाँस्न चाहन्छौं,’ उनले भने ।
दक्षिण चीन सागरमा चीनका जल सेनाले फिलिपिन्सको डुंगामा गोली हानेको विवरण सार्वजनिक भइरहेका बेला राष्ट्रपति सीको भनाई आएको हो । चीनका जलसेनाको कदमलाई फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुर्तेतेले निन्दा गरेका छन् । दक्षिण चीन सागरलाई लिएर पछिल्लो समय फिलिपिन्स र चीनबीच तनाब बढेको छ ।

सोमबारदेखि सुरु भएको भर्चुअल बैठकमा १० देशका सरकार प्रमुखहरुले सम्बोधन गर्दैछन् । सम्मेलनमा बर्माका प्रतिनिधिलाई भने आमन्त्रण गरिएको छैन् । गत वर्ष निर्वाचित सरकारलाई अपदस्थ गरी म्यानमारको सेनाले सत्ता नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर