चीनद्धारा म्यानमारलाई कोरोना विरुद्धको १० लाख मात्रा खोप सहयोग — OSNepal

चीनद्धारा म्यानमारलाई कोरोना विरुद्धको १० लाख मात्रा खोप सहयोग

LC (KTM) November 21, 2021 0

यांगुन ५ मङ्गसिर – म्यानमारलाई चीन सरकारले कोरोनाविरुद्धको खोप सहयोग गरेको छ । पछिल्लो पटक यहाँ १० लाख मात्रा यो खोप पठाएको बताइएको छ । म्यानमारको सूचना मन्त्रालयले सो कुराको सूचना दिएको छ । चीन सरकारले अनुदानमा दिएको सो खोप शनिबार म्यानमारको यांगुन पुगेको सो मन्त्रालयले जानकारी दिएको छ । यहाँ पछिल्लो पटक कोरोनाको प्रभाव पहिलेको भन्दा केही बढेको देखिएको अधिकारीहरुले जनाएका छन् ।

म्यानमार सरकारले यहाँ एक करोड भन्दा बढी व्यक्तिलाई कोरोना विरुद्धको खोपको पूर्ण मात्रा दिइएको छ । सूचना मन्त्रालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा यहाँका १ करोड ३ लाख नागरिकलाई यो खोप दिइसकिएको छ । यहाँ शनिबार ६२५ जनामा कोरोना संक्रमण भएको बताइएको छ । यो समेतगरी यहाँ पाँच लाख १७ हजार ३९५ जनामा यो भाइरसको संक्रमण देखिएको छ । यहाँ गएको २४ घन्टामा २४ जनाको यो संक्रमणबाट निधन भएको छ । यहाँ यो भाइरसबाट अहिलेसम्ममा १९ हजार भन्दा बढीको ज्यान गएको बताइएको छ । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर