चीनपछि भारतमा पनि विद्युत संकट, तीन दिनका लागि मात्र बिजुली उत्पादन गर्न कोइला मौजदात ! — OSNepal

चीनपछि भारतमा पनि विद्युत संकट, तीन दिनका लागि मात्र बिजुली उत्पादन गर्न कोइला मौजदात !

LC (KTM) October 03, 2021 0

काठमाडौं, १७ असोज- चीनपछि भारतमा पनि विद्युत संकटको आशंका गरिएको छ । चीनले विद्युत र ऊर्जा संकटका कारण आर्थिक वृद्धिदरको लक्ष्य नै घटाइदिएका बेला कोइलामा निर्भरमध्येको एउटा मुलुक भारतमा पनि संकट देखिन थालेकाे आँकलन गरिएको हो ।

भारतीय सञ्चारमाध्यमले त्यहाँको केन्द्रीय ऊर्जा मन्त्रालयलाई उदृत गर्दै समाचारमा जनाएअनुसार १३५ पावर संयन्त्रमध्ये ७२ वटासँग आगामी तीन दिनका लागि मात्र बिजुली उत्पादन गर्न कोइला मौजदात छ । यो संयन्त्रले भारतमा कुल खपतको ६६.३५ प्रतिशत बिजुली उत्पादन गर्छ । जसमध्ये ७२ संयन्त्र बन्द भएमा ३३ प्रतिशत बिजुली कमी हुनसक्ने अनुमान गरिएको छ ।

भारतमा कोरोना अघि अगस्ट-सेप्टेम्बर २०१९ मा दैनिक १० हजार ६६० करोड युनिट बिजुली खपत हुन्थ्यो भने २०२१ को अगस्ट-सेप्टेम्बरमा बढेर खपत १२ हजार ४२० करोड युनिट पुगेको छ । त्यतिखेर थर्मल पावर संयन्त्रमार्फत कुल खपतको ६१.९१ प्रतिशत बिजुली उत्पादन हुँदै आएकोमा हाल आएर १८ प्रतिशत कोइला खपत बढेको छ । तर, सेप्टेम्बरमा काेइला खानी क्षेत्रमा भारी वर्षाका कारण आपूर्तिमा समस्या आएकाे थियाे ।

भारतले कोइला उत्पादनसँगै आयात पनि गर्छ । तर,कोइला आयात पनि महँगो भइदिएको छ । इन्डिोनेसियाबाट आयात हुने कोइला दुई वर्षमा प्रतिटन ६० डलरले बढेर २०० डलर पुगेको छ । जसकारण आयात घटिरहेको भारतीय अधिकारीहरूले बताएका छन् ।

विश्वमा कोरोना संकटपछिको अर्थतन्त्र चलायमान हुन थालेसँगै चीन, भारतजस्ता ठूला मुलुकमा विद्युत संकट देखा पर्न थालेको हो । चीनको पूर्वाेत्तर क्षेत्रमा कोइला आपूर्तिमा कमी आएपछि त्यहाँ विद्युत संकट बढिरहेको हो । उत्तरी चीनको टियानजिङ सबैभन्दा ठूलो बन्दरगाह पनि विद्युत आपूर्तिमा आएको समस्याले प्रभावित भएको छ । जारी ऊर्जा संकट गहिरिँदै गएमा विश्वभर विद्युतीय सामग्रीसँगै औषधि, प्लास्टिक, कार, अटोमोबाइल्ससँगै अन्य उद्योगको उत्पादनमा असर पर्न सक्ने ठानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर