चीनविरोधी देशहरूलाई ‘ताईवान कार्ड’ प्रयोग नगर्न विदेशमन्त्री वाङको चेतावनी — OSNepal

चीनविरोधी देशहरूलाई ‘ताईवान कार्ड’ प्रयोग नगर्न विदेशमन्त्री वाङको चेतावनी

LC (KTM) November 21, 2021 0

ताईपेय, ५ मंसिर-चीनका विदेशमन्त्री वाङ यीले चीनले ताइवानको स्वतन्त्रतालाई स्वीकार नगर्ने बताएका छन् । चीनविरोधी देशहरुलाई ‘ताईवान कार्ड’ प्रयोग नगर्न चेतावनी दिँदै उनले ताइवानको स्वतन्त्रतालाई स्वीकार नगर्ने बताएका हुन् ।

ताइवानको विषयलाई लिएर अन्य देशहरुसँग द्वन्द्व गर्ने चीनको आशय नभएको उनले बताए । उनले चीन र अमेरिकाबीचको सम्बन्धले विश्वकै भविष्य निर्धारण गर्ने बताए ।

ताईवानले अमरिकाले प्रदान गरेको अत्याधुनिक लडाकु जेट एफ–१६ भी परिचालन गरिरहेको पृष्ठभूमिमा चीनका विदेशमन्त्रीको टिप्पणी आएको हो । सो जेट ताईवान र अमेरिकाबीचको साझेधारीको बिम्ब भएको ताइवानका राष्ट्रपति साई इन वेनले बताएका छन् ।

गत महिना ताइवानको हवाई क्षेत्रमा चीनले ठूलो संख्यामा लडाकु विमानहरू उडाएको थियो । त्यसको अमेरिकाले विरोध गदैै आएको थियो । चीनले ताइवानमाथि हमला गरे ताइवानलाई सहयोग गर्ने अमेरिकाले बताउँदै आएको छ ।

चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार विदेशमन्त्री वाङले पछिल्लो समयचीन र अमेरिकाबीचको व्यापार सम्बन्ध बिग्रिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर