चोरीको अभियोगमा १८ वर्षीय २ किशोरसहित चार जना पक्राउ — OSNepal

चोरीको अभियोगमा १८ वर्षीय २ किशोरसहित चार जना पक्राउ

LC (KTM) November 20, 2021 0

भक्तपुर ४ मंसिर । चोरीमा संलग्न भएको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ बानेश्वर बस्ने भारत मोतिहारी घर भएका ३० वर्षीय मुन्ना साह, सोही ठाउँ बस्ने ३५ वर्षीय नारद साह र काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने भारत हैदरावाद घर भएका २ जना १८ वर्षीय किशोरहरू रहेका छन् ।

भक्तपुर नगरपालिका-१ सल्लाघारीस्थित दुवाल आर्ट एण्ड हेन्डिक्राफ्ट उद्योगबाट करुवा बनाउने कच्चा पदार्थ र बन्दै गरेको ढलौटको करुवाहरु चोरी गरेको भन्दै निजहरुलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २९ केजी ५ सय ग्रामको ढलौटको करुवाको बैठक, ७४ केजी ढलौटको करुवाको मुख, ४७ केजी पानसको डण्डी र ४८ केजी कच्चा पदार्थ समेत प्रहरीले बरामत गरेको छ ।

अनुसन्धानको क्रममा २ जना किशोरले उक्त चोरी गरेको सामान काठमाडौंमहानगरपालिका-९ सिनामंगलस्थित मुन्ना साहको कवाडी पसलमा बेचबिखन गरेको तथा नारद साहले उक्त चोरीको सामान बेचबिखन गर्न मुन्ना साहको सहयोगीको रुपमा काम गरिरहेको खुल्न आएको छ ।

यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर