चोलेन्द्रको फैसलाले ३ बिघा १७ कट्ठा सार्वजनिक पोखरी कसरी आफन्तकोमा पुग्याे ? — OSNepal

चोलेन्द्रको फैसलाले ३ बिघा १७ कट्ठा सार्वजनिक पोखरी कसरी आफन्तकोमा पुग्याे ?

LC (KTM) November 20, 2021 0

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र जबराले आफू न्यायाधीश हुँदा गरेका गलत फैसलाका कारण सार्वजनिक पोखरी नै व्यक्तिका नाममा खुलेको छ।

जसका कारण वीरगञ्ज छपकैयामा मेनरोडसँगै जोडिएको पोखरी मासिने अवस्थामा छ । ३ बिघा १७ कट्ठामा रहेको यो पोखरी २०२२ सालको सर्भे नापीले ऐलानी जग्गामा रहेको देखाएको छ ।

तर जबराका नातेदारसमेत पर्ने प्रमोदविक्रम शाहले अर्बौं रुपैयाँ मूल्य पर्ने पोखरीको जग्गा चलखेल गरी आफ्नो नाममा पारेकाे खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले लेखेकाे छ।

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय जबरा र दीपकराज जोशीको संयुक्त इजलासले २०७१ भदौ ८ मा उक्त पोखरी शाहको नाममा कायम रहेको फैसला गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर