मनोज चौथो पटक माँ जानकी यातायात प्रालिमा अध्यक्ष चयन — OSNepal

मनोज चौथो पटक माँ जानकी यातायात प्रालिमा अध्यक्ष चयन

LC (KTM) November 21, 2021 0

जनकपुरधाम, ५ मंसिर । माँ जानकी यातायात प्रालिको अध्यक्ष मनोज चौधरी चौथोपटक अध्यक्षमा निर्वाचत भएको छ । शनिबार रातिसम्म भएको मतगणनामा चौधरीसहितकाे प्लायन नै विजयी विजयी भएकाे हाे ।

यातायात प्रालिका विधानअनुसार यातायात प्रालिका ११ सदस्य सञ्चालन समितिको लागि २५ जनाले उम्मेदावारी दिएका थिए । २५ जनामध्ये ११ जना निर्वाचित सञ्चालन समितिले नै प्रालिको अध्यक्ष चयन गर्ने व्यवस्था छ ।

निर्वाचित ११ जनाले पुनः चौधरीलाई नै प्रालिको अध्यक्षमा चयन गरेका हुन् । याेसँगै चौधरी प्रालिको चौथो पटक अध्यक्ष भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर