छिट्टै बिवाह बन्धनमा बाँधिदै भिनेत्री कंगना रनौत — OSNepal

छिट्टै बिवाह बन्धनमा बाँधिदै भिनेत्री कंगना रनौत

LC (KTM) November 17, 2021 0

मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतले आफू प्रेममा रहेको खुलासा गरेकी छन् । हालै एक भारतीय मिडियासँग कुरा गर्दै कंगनाले आफू प्रेममा रहेको खुलासासँगै छिट्टै वैवाहिक बन्धनमा बाँधिने संकेत पनि गरेकी छन् ।

‘मणिकर्णिका’ अभिनेत्री कंगनाले अबको पाँच वर्षमा वैवाहिक बन्धनमा बाँधिएर आमा बन्ने संकेत गरेकी छन् । सौर्य दैनिकमा खबर छ । कंगना भन्छिन्, ‘म पक्कै पनि विवाहित हुन चाहन्छु र बच्चा जन्माउन चाहन्छु । अबको पाँच वर्षमा म आफूलाई एक आमा र कसैको पत्नी र नयाँ भारतको दर्शनमा सक्रिय रूपमा सहभागी हुने व्यक्तिको रूपमा देख्छु ।’

प्रेममा हो कि रु भन्ने जिज्ञासाको जवाफमा उनी भन्छिन्, ‘छु । पार्टनरको बारेमा भने सबैले चाँडै नै थाहा पाउनुहुनेछ ।’ कंगनालाई यही हप्ता मात्रै पद्मश्री अवार्डबाट सम्मानित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर