छोरा आर्यन जेल बाट नफर्किए सम्म किचनमा मिठो परिकार नबनाउन किचन स्टाफलाई गौरी खानको आदेश ,  घरमा पुरै सन्नाटा — OSNepal

छोरा आर्यन जेल बाट नफर्किए सम्म किचनमा मिठो परिकार नबनाउन किचन स्टाफलाई गौरी खानको आदेश ,  घरमा पुरै सन्नाटा

LC (KTM) October 19, 2021 0

बलिउडका बादशाह शाहरुख खान तथा गौरी खानको एकदमै प्यारो छोरा सेप्टेम्बर २ देखी आफ्नो घर फर्किन पाएका छैनन् । उनी ड्रग्स केसमा फसेपछि अहिले जेलमा दिनरात कटाई रहेका छन् । आर्यनको रिहाईका लागी उनको वकीलले एकदमै कसरत पनि नगरेका हैनन् तर आर्यन लाई जमानतमा छुटाउन सकेनन् । छोरा आर्यनको चिन्ताले बुवा शाहरुख र आमा गौरीको निद्रा नै गायब भएको छ । उनीहरुको घरमा एकदमै तनावको माहोल बनेको छ । खान परिवारमा अहिले कुनै चाड पर्व , जन्मोत्सव तथा अन्य कार्यक्रम रोकिएको छ ।

उनीहरु आर्यन घर फर्कने प्रतिक्षामा रहेका छन् । भारतीय संचारमाध्यमका अनुसार गौरीले आफ्ना किचन स्टाफहरुलाई घरमा कुनै पनि प्रकारको मिष्ठान्न भोजन नबनाउन आदेश दिएकी छिन् । जब सम्म आर्यन घर फर्किदैनन् तब सम्म यस्तो आदेश दिएको जनाइएको छ । इण्डिया टुडेले भनेको छ शाहरुख खान तथा गौरी कुनै उत्सव मनाउने पक्षमा रहेका छैनन् । शाहरुख खानको घर हरेक इद तथा दिवालीमा एकदमै बेहुली जस्तै सिंगारिएको हुन्थ्यो । अहिले उक्त घरमा बेग्लै सन्नाटा छाएको छ ।

किचनमा एक पटक खिर बनिरहेको देखेपछि गौरीले तुरुन्तै खिर बनाउन रोकेर जब सम्म आर्यन घर आउँदैन तब सम्म कुनै मिठो खानाको परिकार किचनमा नबनाउन उनले आदेश दिएकी थिईन् । त्यस्तै गौरीले छोराको रिहाइको लागि नवरात्रीको दिन ब्रत बसेकी थिईन् । गौरीका नजिकका साथी भाई इष्ट मित्रका अनुसार उनी एकदमै निराश र चिन्तित रहेकी छिन् । साथै आफ्ना तथा नजिकका साथीहरुलाई आफ्नो छोरा आर्यनको रिहाइको लागि भगवान संग प्रार्थना गरिदिन उनले आग्रह गर्ने गरेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर