छोरीले टिकटक लाईभ बसेर महिनाको लाखौ कमाउन थालेपछि बुवा साउदीबाट फर्किए — OSNepal

छोरीले टिकटक लाईभ बसेर महिनाको लाखौ कमाउन थालेपछि बुवा साउदीबाट फर्किए

LC (KTM) November 25, 2021 0

टिकटकमा पछिल्लो समय कमाईको बिषयलाई लिएर होडबाजी नै चलेको छ । धेरैले कमाई हुन्छ अझै करोडौं कमाई हुन्छ भनेर मिडियामा आईरहँदा कतिले भने यस कुरालाई बिश्वास गरेका छैनन् ।पछिल्लो समय बिभिन्न टिकटक लाईभ होस्टरहरुले आफुले टिकटकबाट करोडौं कमाएको बताईरहँदा लाईभमा बसेर कमाउनेहरुको सँख्या पनि बढेको छ ।

वास्तवमा टिकटकबाट कमाई हुन्छ, लाईभमा बसेपछि देश तथा बिदेशबाट गिफ्टरहरुले दिने उपहार पैसामा कन्भर्ट भएर अकाउण्टमा बस्छ र निकाल्न मिल्छ । उक्त रकम डलर हुँदै नेपाली रुपैंयामा झिक्न मिल्छ । यस्तैमा धरानबाट एक चेली पैसा कमाएको भन्दै मिडियामा आएकी छिन् ।

सामन्था कार्की अरु लाईभ होस्टर भन्दा फरक छिन् । उनी बिवादमा आउँदिनन् र लाईभबाट कमाएको पैसाले बिभिन्न समय र ठाउँमा समाजसेवा पनि गरिसकेकी छिन् । यसैबिच बिदेश गएका उनका बुवा पनि फर्केर आएका छन् । छोरीको प्रगति र मनकारी स्वभाव देखेर बुवा दँग छन् ।

सामन्थाले टिकटकबाट कमाएको पैसाले आफ्नो कलेजको फि तितिर्छन र आवश्यकता पुरा गर्छिन भने सामाजिक काम पनि गर्दछिन् । शिशिर भण्डारीसँग भेट्दा उनले कमाएकै पैसाबाट जनक गन्धर्वका लागि रु १० हजार पनि सहयोग गरिन । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर