छोरी कैटरिनाको बिहेको लागि शपिंग सुरु, आमाले किनिन् यति महंगो लुगा — OSNepal

छोरी कैटरिनाको बिहेको लागि शपिंग सुरु, आमाले किनिन् यति महंगो लुगा

LC (KTM) November 30, 2021 0

बलिउड उद्योगमा यो समय उत्सवको माहोल रहेको छ । हरेक दिन कोहि न कोहि बलिउड स्टारको बिबाह भईरहेको छ । तर यो साल सबैभन्दा बढी चर्चामा रहेको बिबाह हो नायिका कट्रिना कैफ र बिक्की कौशलको । उनीहरु लामो समय देखी रिलेसनसिपमा रहेका थिए । दुबै जनाले आफ्नो रिलेसनसिप लाई बैबाहिक जिवनमा परिणत गर्न लागेका छन् ।

तर उनीहरुले यसको आधिकारीक घोषणा भने अहिले सम्म गरेका छैनन् । हालै कट्रिना कैफको आमा पनि शपिंग गरिरहेको अवस्थामा देखिएकी छिन् । उनको आमा एक शपबाट बाहिर आईरहेको भेटिएकी हुन् । यस दौरानको एक भिडियो सामाजिक सञ्जालमा शेयर गरिएको छ जहा कट्रीनाको आमा शप बाट बाहिर निस्किएर आफ्नो गाडीमा बस्दै गरेको देख्न सकिन्छ ।

यतिबेला क्यामरामेनलाई अगाडी देखे पछि उनले पोज समेत दिन्छिन् । उनी प्रिन्टेड टप तथा पेन्ट्समा देखिएकी थिईन् । उनले मास्क समेत लगाएकी थिईन् । उनको यो भिडियोमा धेरैको प्रतिक्रिया आईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर