छोरी भन्दा आमा तरुनी , छोरी पलक संग अभिनेत्री श्वेता तिवारीले गरिन् यस्तो बबाल नृत्य — OSNepal

छोरी भन्दा आमा तरुनी , छोरी पलक संग अभिनेत्री श्वेता तिवारीले गरिन् यस्तो बबाल नृत्य

LC (KTM) November 18, 2021 0

टेलिभिजनको एकदमै पपुलर अभिनेत्री श्वेता तिवारी अचेल सामाजिक सञ्जालमा एकदमै छाईरहने गरेकी छिन् । उनी आफ्नो अभिनयका कारण मात्र नभएर फिटनेसका कारण पनि सामाजिक सञ्जालमा सधै चर्चाको बिषय बन्ने गरेकी छिन् । झट्ट हेर्दा उनी भर्खरकी तरुनी जस्ती देखिन्छिन् तर उनी जत्रै छिन् उनकी छोरी पलक तिवारी ।

आमा छोरीलाई दीदी बहिनी जस्तो देखिने गरेको छ । आफ्नी छोरी पलक तिवारी संग उनको एकदमै राम्रो बोन्डिंग समेत रहेको छ । दुबै जना आमा छोरी एक अर्का संग खुब मस्ति गर्ने गरेका छन् । उनीहरुको संगै रहेको भिडियोले नै पुष्टि गर्छ कि आमा छोरी बीचको सम्बन्ध कति राम्रो छ भनेर ।

हालै श्वेताले छोरी पलक संग पञ्जाबी गानामा डान्स गर्दै गरेको भिडियो शेयर गरेकी छिन् । उनीहरुको यो भिडियो अहिले सामजिक सञ्जालमा एकदमै भाइरल भइरहेको छ । आमा छोरीले भिडियोमा हार्डी सन्धुको पञ्जाबी हिट गित बिजुली बिजुलीमा डान्स गरेको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर