छ घण्टा परेको भारी वर्षाले मस्र्याङ्दी नदीमा सतर्कता तह पार गर्यो — OSNepal

छ घण्टा परेको भारी वर्षाले मस्र्याङ्दी नदीमा सतर्कता तह पार गर्यो

LC (KTM) July 01, 2021 0

दमौली, १७ असार – अविरल वर्षाका कारण तनहुँको बन्दीपुरस्थित विमलनगरमा मस्र्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको छ । मङ्गलबारदेखि परेको वर्षाका कारण आज मस्र्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको हो ।

पछिल्लो छ घण्टा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र तथा होचा स्थानमा डुबान हुनसक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । लमजुङको घरेढुङ्गा, राइनसटारलगायतका ठाउँमा पनि नदीले जलसतह सतर्कता पार गरेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर