जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख सहयोग — OSNepal

जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख सहयोग

LC (KTM) November 25, 2021 0

जनकपुरधाम, ९ मंसिर -हात्तीको आक्रमणबाट मृत्यु भएका धनुषाका एक मृतकको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग गरेको छ ।

२०७७ चैत १६ सालमा घरमा सुतिरहेका मिथिला नगरपालिका-८ बस्ने ८० वर्षीय पदमबहादुर खपतडीको जंगली हात्तीको आक्रमणमा मृत्यु भएको थियो ।

बिहीबार धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र डिभिजन वन कार्यालय धनुषाका वन अधिकृत सुनिल कर्णले संयुक्त रूपमा मृतका परिवारलाई १० लाखको चेक हस्तान्तरण गरेका छन् ।

वन्यजन्तुबाट हुने राहत सहयोग २०६९ को संशोधन २०७४ अनुसार पीडितलाई आर्थिक सहयोग गरिएको डिभिजन वन कार्यालय धनुषाका वन अधिकृत कर्णले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर