जग्गा प्लटिगं गर्ने दर बढेसँगै महंगी बढ्यो — OSNepal

जग्गा प्लटिगं गर्ने दर बढेसँगै महंगी बढ्यो

LC (KTM) January 15, 2022 0

अनुसा थापा

चाडबाड विशेष नजिकिदै जाँदा बजारमा मँहगीले सीमा नाघ्छ । सरकारद्धारा अनुगमन प्रभावकारी रुपमा नगर्दा पनि मँहगीले सीमा नाघेको हो । नेपाल सरकारले बजार अनुगमन नगर्दा व्यापारीहरुले आफुखुसी सामानको मुल्य निर्धारण गरेर जनता ठगिरहेका छन् । निरन्तर बढिरहेको मँहगीका कारण सर्वसाधारणलाई चुल्हो बाल्न धौ धौ परेको छ ।

व्यापारीले आफुखुसी सामानको मुल्य निर्धारण गर्दा सर्वसाधारणहरु मारमा परेका छन् । बिहान कमाएर बेलुका गुजारा गर्नेहरुलाई के चाडबाडजस्तै अनुभव हुन्छ । नेपालीहरुले सबभन्दा धेरै चाडबाड मनाउछन् । वर्षेनि सयौको संख्यामा नेपालीहरुले चाडबाड मनाइरहेका हुन्छन् ।

चाडबाडको मौसम सुरु हुनेबित्तिकै व्यापारीहरुले मौका छोपेर सामानको मुल्य बढाउछन् । व्यापारीहरुले सामानको मनलाग्दी भाउ राख्ने र जनता ठग्ने काम गरिरहेको हुन्छन् । हरेक वस्तुको रेट व्यापारीको जिब्रोमा छ । व्यापारीले जति भन्यो उपभोक्ताले त्यति नै तिर्नुपर्ने हुन्छ ।

बजारमा पाइने कुनै पनि सामानको मुल्य निर्धारण सरकारले गरेको छैन् । सामान बनाउने कम्पनीेले पनि मनलाग्दी नाफा राखेर रेट राखेका हुन्छन् । कुनै पनि व्इवसायीले आफुलाई घाटा हुने गरि मुल्य निर्धारण गर्दैन् । खानयोग्य नभएको सामानहरु पनि कम्पनीले म्याद थपेर बजार पठाइरहेका हुन्छन् ।

स्वास्थ्यलाई असर पर्ने, गुणस्तरहीन सामानहरु पनि बजारमा बिक्रीका लागि राखिएको हुन्छन् । सामान किनेर उपभोग गर्नेलाई गुणस्तर छ कि छैन् भनेर थाहा हुदैन् । तोकिएको जति तौल भए नभएको अत्तोपत्तो हुदैन् । यता, म्याद थपेर हो कि ताजा हो स्वासथ्यको लागि कति फाइदाजनक त्यो पनि थाहा हुदैन् ।

पछिल्लो समाय बजारमा छ्याप्छ्याप्ती डुब्लिकेट सामान पाइन्छन् । यस्ता डुब्लिकेट र गुणस्तरहीन सामानले मानिसको स्वास्थ्यमाथि खेलबाड गरिरहेका छन् । यस्ता खाधान्नले हड्डी खिइने, क्यान्सर निम्त्यिाउने, सुगर जस्ता रोगहरु लाग्दछ । ढकतराजुको तल केही राखेर पनि उनीहरुले ठगिरहेका छन् ।

सरकारको लापरबाहीले गर्दाखेरि जनताको पैसा वालुवामा पानी मिसाएझै भएको छ । यस्तो केमिकलजन्य खाधान्न प्रयोग गर्दाखेरि मानिसहरुको आयु घटिरहेको छ । कुखुरादेखि लिएर हरियो सागसब्जीमा विषालु औषधी राखिने गरिने छ । तौल बढ्ने भएपछि व्यापारीहरुले सुइ हान्ने गरेका छन् ।

व्यापारीहरुले धर्म छोडेर पैसाको पछि दौडिदा जनता ठगिएका छन् । अहिले बजारमा माघे संकान्तिले छोपेको छ । बजारमा माघे संक्रान्तिको लागि सामान किन्नेको चाप बढ्दो छ । तर, पसलैपिच्छे सामानको रेट राखिएको छ । ठुल्ठुला व्यापारिक मलदेखि लिएर खाधान्न र फुट्पाथमा भिन्दाभिन्दै रेट तोकेको छ ।

यसरी आफुखुसी रेट राखेर व्यापारीहरुले राज्यलाई राजस्व छल्दा र जनता ठग्दा सरकार कहाँ छ ? कतिपय व्यापारीहरुले दर्ता नै नगरि पसल सञ्चालन गरिरहेका छन् । पछिल्लो समय फुटपाथ र ठेलागाडा व्यापारी बढेका छन् । सटर भाँडा तिर्न नपर्ने भएको नाफा जति सबै आफैले राख्न पाउने भएपछि अहिले फुट्पाथ र ठेलागाडा व्यासायी बढेका छन् ।

तर, आफुखुसी रेट राखेर जनता ठग्ने व्यापारीलाई कानुनको दायरामा ल्याउन न जिल्लाका प्रमुखहरु तातिन्छन् । मेयर त नामको मात्र हुन् तिनको काम केही पनि छैन् । उपत्यकामा केही दिन अघिदेखि कोरोनाको जोखिम ह्वात्तै बढेको छ । सबैभन्दा बढी संक्रमत पनि उपत्यकामा छन् ।

तर, बजार हेर्ने हो भने मेला लागेभन्दा पनि बढ्दो छ । चाडबाडको लागि खरिद गर्न आउने यत्तिकै छन् । यसरी चाडबाड मनाउने नाममा कोरोना फैलाउदा पनि जिल्ला प्रमुखहरुले अनुगमनमा खासै चासो देखाउदैनन् । बजारमा यत्रो भिडभाड बढ्दा र कोरोना फैलिदा पनि सरकारले कोरोना नियन्त्रण गर्न सरकारले कुनै योजना बनाएको छैन् ।

भीडभाडलाई मध्यनजर गर्दै लकडाउन गर्नु उपयुक्त हुने देखिन्छ । स्मार्ट लकडाउनले कोरोनालाई केही असर गरिरहेका छ जस्तो देखिदैन् । पसलमा बस्ने व्यापारीहरले मुखमा मास्क नलगाइ सामान बेचिरहेका छन् । तापनि, उनीहरलाई कारबाही गरिएको छैन् । उपभोक्ताहरुले पनि मास्क नलगाई, भौतिक दुरीको पालना नगरि जथाभावी हिड्दा पनि प्रहरी प्रशासनले त्यसो नगर्न सुसुचित गराएको छैन् ।

सरकारको लापरबाहीले दोस्रो लहरमा भन्दा तेस्रो लहरमा बढी मानिस मर्ने देखिन्छ । काठ्माडौंको सरकारी र नजी अस्पताल कोरोनाका बिरामीले भरिपुर्ण भइसकेका छन् । खोप लगाएकालाई कोरोना लाग्देन् भनेर सरकारले झुठा प्रचारप्रसार गरिरहेका छन् । तर, अस्पतालमा सबैभन्दा धेरै खोप लगाएका कोरोनाका बिरामी छन् ।

राजस्वको लोभमा सरकारले यसरी झुठा प्रचारप्रसार गर्न पाउदैन् । खोप लगाएकालाई पनि कोरोना संक्रमित भएर मरेको सरकार नै बताउछ । खोप किन्दा जनताले तिरेको कर खर्च भयो तर बाँच्ने सुचतता पाइएन् । हिजोआज खोप लगाउनको लागि बिहमनदेखि अस्पतालमा आएर लाइनमा बसेको देखिन्छ ।

प्।्रभावकारी ढंगले खोप वितरण गर्न नसक्दा खोप कार्यक्रम अस्तव्यस्त बनेका छ । यता, तीबाट कोरोना सल्किरहेको छ । सरकारले २५ जनाभन्दा धेरै भेला नहुन निर्देशन दिएको छ । तर, खोप लगाउने ठाँउमा भीड बढ्दो छ । यता, सरकारी तथा निजी कार्यालयहरुमा पनि भीडभाड उत्तिकै देखिन्छ ।

मैले खोप लगाएको छु भन्दै भिडभाड गर्दै बजार डुलेका छन् । सर्वसाधारणलाई अहिले कोरोना र बजारको मँहगी दुवैले डाम्नसम्न डामेको छ । कोरोनाको जोखिम त छदै छ अर्कोतिर मँहगीले पनि मार्ने बेला भइसकेका छ । हरियो सागसब्जी किनेर खान नसक्ने स्थित भएको छ ।

माछामासुदेखि लिएर दैनिक उपभोग्य सामानहरु निरन्तर उकालो लागिरहेको पाइन्छ । महिनामा ८ देखि १० हजार कमाउनेहरुले खान नसक्ने भइसकेका छन् । कोठाभाँडा तिर्नु कि खानु । मासिक १० हजार कमाउने अब भोकभोकै हिड्नुपर्ने दिन आएको छ । काम पाइदैन्, पाएपनि थोरै तलब हुन्छ ।

सरकारी जागिर खानलाई कि त भन्सुन गर्नुपर्छ कि क्षमता हुनुपप्यो । एउटा सानो निजी अफिसमा काम पाउनलार्य समेत एकदुई महिता सित्तैमा दलिनुपर्छ । अनि के गरेर खाने ? मँहगी बढेको बढ्यै छ तलब बढ्दैन् । बजारमा दैनिक बढिरहेको मँहगी र बेरोजगारीले विकराल रुप लिने देखिन्छ ।

बजारमा दैनिक उकालो लागिरहेको मँहगीलाई नियन्त्रण गर्न सम्बन्धित निकाय तात्नुपप्यो । दैनिक बजार अनुगमन गर्नैपप्यो । नेपालमा फल्ने रायोको साग समेत केही वर्षयता भारतबाट आयात हुन्छ । मुठामा बेचिने साग अहिले तौलिएर बेचिन्छ । विकास भनेको यही नै हो ?

उब्जनी हुने जग्गा सबै मासिँदा पनि मँहगी बढेको बताइन्छ । नेपाल सरकारले नेपाली जनतालाई आत्मनिर्भर बनाउन सकेन् । बरु कसरी हुन्छ परनिर्भर हुन सिकायो । अरु मुलुकको व्यापार गर्ने थलो नेपाल बनेको छ । नेपाल सरकारको कमकमजोरीले हाम्रो मुलुक गरिब बन्दै गयो अरुको धनी ।

सरकारको लापरबाहीले सर्वसाधारणहरु मारमा परेका छन् । एकातिर सामान मँहगो हुन्छ अर्कोतिर बासी । नेपालको मुद्रा सबै अन्य मुलुकले लगिरहेको छौ । हामी ट्वाल्ल परेर हेरिरहेका छौ । एउटा सिटामोलको लागि समेत भारतको निर्भर बनेर बस्ने देश बन्यो नेपाल त्यो पनि सरकारकै कमीकमजोरीले ।

नेपालीहरुलाई आफ्नो मुलुक र माटोमा पसिना बगाउन लाज लाग्छ । तर, खाडीमा बसेर पसिना बगाउन उनीहरुलाई केही लाग्दैन् । विदेशले नेपाललाई रोजगारी नदिने हो भने यहाँका सब भोकमरी लागेर मर्छन् । हामीलाई बाँच्न धौ धौ परिरहेका बेला यसपछिको पिढँी बसरी बाँच्ने ।

रोजगारीको अभाव छ, आफ्नो क्षमता अनुसार रोजगारी पाइदैन् भन्ने सोचाइ नेपालमा छ । मान्छेलाई लाउनभन्दा पनि खानको आवश्यकता पर्छ । खाधान्नको अभावमा मानिस बाँच्न सक्दैनन् । फरक यति हो पैसा हुनेले राम्रो खालान् पैसा नहुनेले आफ्नो स्तर अनुकुल । तर, खान त सबैलाई पर्छ ।

नेपाल सरकारले भनेको बेलामा बुद्धि नपुप्याउदाखेरि उब्जनी हुने जग्गा खण्डीकरण गरेर घर बनाएर सिद्धिसकेको छ । जनसंख्या दैनिक बढिरहेको छ । जनसंख्या बढ्नु भनेको खाने मुख बढ्नु हो । तर, नेपालको जमिन बढेको छैन्, बरु घटिरहेको छ । नेपालीहरुको भएको जमिनहरु छिमेकी मुलुकहरुले पिल्लर सारेर कब्जा गरेका छन् ।

घर र बाटो गर्दागर्दै नेपालीको जग्गाजमिन सिद्धिसक्यो । जसको असर नेपालको खाधान्नमा देखिएको छ । केही वर्षपछि भोकमरी लाग्ने निश्चित देखिएको छ । केही गरि भारतले नाकाबन्दी लगाइदियो भने नेपाली जनता भोकभोकै मर्छन् । नेपालका नेताहरु दलाल हुदाँ आज नेपाल ने सिद्धियो ।

अझै पनि देशका नेताहरुलाई नघच्घचाउने हो भने नेपालको नामोनिसान रहदैन् । हामी नेपाली भनेर गर्व गर्छौ । नेपाली भएको प्रमाण बोकेर हिडेका छौ । तर, खाने, लाउने, चढ्ने, उपचार, औषधी सबै अरु देशबाट ल्याएकोबाट गर्छौ । अनि हामी कहाँ नेपाली भयौ । नेपालीहरुले वर्षौदेखि सिकेको सीप खेतीयोग्य जमिन प्लानिङ गर्ने घर बनाउने । भाँडामा लगाउने बसीबसी खाने । यसको नतिजा नेपालीले केही वर्षपछि अवश्य पनि देख्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर