जनताको सेवक अत्यन्तै शालीन हुनुपर्छ, अहंकारी र घमन्डी नेता हुँदैन : ओली — OSNepal

जनताको सेवक अत्यन्तै शालीन हुनुपर्छ, अहंकारी र घमन्डी नेता हुँदैन : ओली

LC (KTM) November 30, 2021 0

चितवन, १२ मंसिर-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घमन्डी र अहंकारी नेता नहुने बताएका छन् ।एमालेको १०औं महाधिवेशनमा अध्यक्षमा विजयी भएका ओलीले शपथग्रहण समारोहमा बोल्दै नेताहरू जनताको सेवक भएको बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।

‘जनताको सेवक अत्यन्तै शालीन हुनुपर्छ’, उनले भने । उनले आफ्ना नेता कार्यकर्तालाई अध्ययनशील हुन अनुरोध गर्दै एमालेबाट अरू पार्टीले संस्कार सिक्नुपर्ने बताए ।यसका साथै आगामी दिनमा पार्टीलाई थप सशक्त बनाएर लैजाने ओलीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर