जन्मदिनका अवसरमा क्यान्सरपीडित क्याम्पस प्रमुखलाई आर्थिक सहयोग — OSNepal

जन्मदिनका अवसरमा क्यान्सरपीडित क्याम्पस प्रमुखलाई आर्थिक सहयोग

LC (KTM) November 25, 2021 0

खोटाङ, ९ मंसिर -हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमका बालक सम्मृद्ध राईले जन्म दिनकाे अवसरमा प्याङ्क्रियाजको क्यान्सरबाट पीडित क्याम्पस प्रमुखलाई आर्थिक सहयोग गरेका छन् । विद्या संस्कार (साविकको चेल्सी ईन्टरनेशनल स्कुल) काठमाडाैंमा कक्षा ३ मा अध्ययनरत सम्मृद्धले आठ वर्ष पूरा गरी नाै वर्ष प्रवेश गरेको अवसरमा बिहीबार जीपी मेमोरियल कलेज चाबहिल काठमाडौंका क्याम्पस प्रमुख मोहनराज राईलाई नगद आठ हजार आर्थिक सहयोग गरेका हुन् ।

ॐ अस्पताल काठमाडौंमा क्यान्सरको उपचार गराइरहेका क्याम्पस प्रमुख राईलाई शीघ्र स्वास्थ्य लाभको कामनासहित सम्मृद्धले आर्थिक सहयोग गर्दै जन्मदिन मनाएका हुन् । बालक राईले उपेन्द्रनाथ तिम्सिनामार्फत क्याम्पस प्रमुख राईकी श्रीमती शान्ता राईलाई सहयोग रकम हस्तान्तरण गरेकाे जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर