जबरजस्ती करणीमा सात वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङ कारागारका कैदीको मृत्यु — OSNepal

जबरजस्ती करणीमा सात वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङ कारागारका कैदीको मृत्यु

LC (KTM) November 20, 2021 0

विराटनगर,४ मंसिर । जिल्ला कारागार मोरङका एक कैदीबन्दीको मृत्यु भएको छ । जबरजस्ती करणीमा सात वर्षदेखि कारागारमा कैद भुक्तान गरिरहेका मोरङको विराटनगर–१० का ६३ वर्षीय गोपाल शर्माको मृत्यु भएको हो ।

ुप्रेसर लोु भएपछि उनलाई कोसी अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको कारागार निमित्त जेलर रामप्रसाद पोख्रेलले जानकारी दिए ।शर्मा २०७१ यता जबरजस्ती करणीको मुद्दाको कैद भुक्तान गरिरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर