जब गार्डले हाने सल्युट, करीना कपुरले गरीन् यसरी बेवास्ता, सामाजिक सञ्जाल प्रयोगकर्ता भन्छन्– के को घमण्ड ? — OSNepal

जब गार्डले हाने सल्युट, करीना कपुरले गरीन् यसरी बेवास्ता, सामाजिक सञ्जाल प्रयोगकर्ता भन्छन्– के को घमण्ड ?

LC (KTM) October 02, 2021 0

बलिउड अभिनेत्री करीना कपुर खान अक्सर ट्रोल्सको निशानामा पर्ने गरेकी छिन् । सामाजिक सञ्जालमा उनी कुनै न कुनै कारण चर्चामा छाउने गरेकी छिन् । उनी कहिले आश्चर्यमा पार्ने अभिब्यक्ति दिएर होस् कि फेसन सेन्सलाई लिएर चर्चामा छाउने गरेकी हुन् । हालै करीना कपुर खान घर बाट निक्लदै गाडीमा बस्छिन् । हातमा रहेको थियो कफी मग जब गार्डले उनलाई सल्युट गरे तर उनले वास्तै नगरि हिडिन् ।

यहि कुरालाई लिएर अहिले उनको एकदमै ट्रोल भईरहेको छ । सामाजिक सञ्जालमा उनको यो भिडियो एकदमै भाइरल भइरहेको छ । यस भिडियोमा करीना बेज कलरको शर्ट टाइट्स तथा लंग डेनिम शर्ट लगाएकी छिन् । कपाललाई बनमा बाँधिएको छ भने आँखामा एकदमै ठुलो कालो चश्मा लगाएकी छिन् । करीनाको ट्रोल गर्दै ट्रोलरहरुले उनको एटिट्युडका बारेमा कुरा गरेका छन् । उनीहरुले करीनालाई घमण्डी भनेका छन् । गार्डले सल्युट गरिरहेको बेला वास्तै नगरि हिड्नु उनको घमण्ड भएको बताएका छन् ।

यसका साथै कतिपयले सेलीब्रेटीहरु आफ्नो लागि किन आफै गाडीको ढोका खोल्दैनन् भन्दै प्रश्न समेत उठाएका छन् । एक जना युजर भन्छन्– यसको एटिट्युड त हेर , यो संग रेस्पोन्स गर्ने कुनै समय नै छैन । अर्का युजरले के कुरामा यति धेरै घमण्ड भनेर लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर