जमेको हिउँ सफा गर्दै नेपाली सेनाको टोली,हिउँ सफा गरेपछि मात्रै आयो राजमार्ग सञ्चालनमा — OSNepal

जमेको हिउँ सफा गर्दै नेपाली सेनाको टोली,हिउँ सफा गरेपछि मात्रै आयो राजमार्ग सञ्चालनमा

LC (KTM) December 30, 2021 0

दशरथचन्द राजमार्गअन्र्तगत बैतडीको देहिमाण्डौ क्षेत्रको सडकखण्डमा जमेको हिउँ सफा गर्दै हनुमानध्वज गुल्मको नेपाली सेनाको टोली । सेनाको टोलीले हिउँ सफा गरेपछि राजमार्ग सञ्चालनमा आएको छ ।

कर्मचारी आवास गृहमा एकै परिवारका चार जनाको मृत्यु-नेपालगञ्जस्थित भेरी अस्पतालको कर्मचारी आवासमा गृहमा एकाघर चार जनाको मृत्यु र अन्य तीन जनाको उपचार भइरहेको छ । अस्पतालको स्टोर शाखामा कार्यरत धनप्रसाद भट्टराईसहित उनका परिवार र आफन्तको मृत्यु भएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्युहुनेमा धनप्रसाद सहित उहाँकी बहिनी अन्दाजी २२ वर्षीया कोली, तीन महिनाका छोरा इप्सन भट्टराई र सासू अन्दाजी ५५ वर्षीया कोपिला छन् ।

खाँडाचक्र नगरपालिका–६ कालीकोट निवासी उनीहरु एउटै कोठामा सुतेका बताइएको छ । चिसोमा कोइला बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । चार जनाको मृत्यु भएपनि अन्य तीन जना अचेत अवस्थामा फेला परेका थिए । ती मध्ये एक जनाको होस खुलेपनि दुई जना अझै अचेत अवस्थामै रहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ । आज बिहान करिब ६ बजेतिर कोठामा गएर अन्य कर्मचारीले हेर्दा चार जना मृतास्थामा फेला परेका थिए । धनप्रसाद सहित उक्त निवासमा सात जना थिए ।

घटनाबारे जानकारी पाउनासाथ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र प्रहरी उपरीक्षक अधिकारीको टोली घटनास्थल पुगेको थियो । प्रजिअ खत्रीले घटनास्थल हेर्दा निसास्सिएर मृत्यु भएको आशङ्का गरिएपनि विस्तृत कुरा शव परीक्षण रिपोर्टले बताउने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर