जसपाका अध्यक्ष ठाकुर र नेता महतोसँगको वार्तापछि देउवाले बोलाए एक्कासी पदाधिकारीको बैठक,आफ्नो नेतृत्वमा सरकार चलाउन देउवा लालायित — OSNepal

जसपाका अध्यक्ष ठाकुर र नेता महतोसँगको वार्तापछि देउवाले बोलाए एक्कासी पदाधिकारीको बैठक,आफ्नो नेतृत्वमा सरकार चलाउन देउवा लालायित

LC (KTM) May 13, 2021 0

काठमाडौँ ३० बैशाख । नेकपा माधव नेपाल समुहले पार्टीका अध्यक्ष केपी ओलीलाई पार्टी एकताको लागि आज साँझ चार बजेको अल्टिमेटम दिँदा नेपाल कांग्रेसले बोलायो चार बजे पदाधिकारीको बैठक ।

नयाँ सरकारको नेतृत्व लिन तयार भएको कांग्रेसले सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँगको वार्तापछि पदाधिकारीको बैठक बोलाएका हुन् । आज राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार गठनका लागि दिएको तीन दिनको समय सीमा आज बेलुकी ९ बजे सकिनै लाग्दा पार्टीका शिर्ष नेताहरुले भेटघाटलाई महत्व दिएका छन् ।

आजको पदाधिकारीको बैठकमा पुर्व पदाधिकारी पनि सहभागी हुने जनाइएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर