जसपाका युवा नेता राईको कोरोना संक्रमणबाट निधन — OSNepal

जसपाका युवा नेता राईको कोरोना संक्रमणबाट निधन

LC (KTM) June 14, 2021 0

काठमाडौँ ३१ जेठ । कोभिड १९ कोरोना भाइरसको संक्रमणबाट जनता समाजवादी पार्टी जसपाका युवा नेता मोहनप्रसाद राईको निधन भएको छ । पेशाले आइटी इञ्जिनियर रहेका राई कोरोना संक्रमणमुक्त भएपछि देखिएको पोष्ट कोरोना इन्फेक्सनका कारण उनको उपचारको क्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्र टेकुमा निधन भएको हो ।

खोटाङको बराहपोखरी गाउँपालिका ३ साउनेचौंरका राइको एक श्रीमती र एक सन्ता रहेका छन् । उनको निधनप्रति पार्टीले गहिरो दुख व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर