जसपाको बाटोमा हिड्यो विवेकशील साझा पार्टी : संयोजक पाण्डेले भने - पार्टी फुटाएका मिश्रसँग अब निर्वाचन आयोगमा भेट हुन्छ — OSNepal

जसपाको बाटोमा हिड्यो विवेकशील साझा पार्टी : संयोजक पाण्डेले भने – पार्टी फुटाएका मिश्रसँग अब निर्वाचन आयोगमा भेट हुन्छ

LC (KTM) October 28, 2021 0

काठमाडौं ११ कात्तिक । विवेशील साझा पार्टीका संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रलाई अब निर्वाचन आयोगमा भेटौंला भनेका छन् । पाण्डेले अध्यक्ष मिश्रले पार्टी फुटाएको भन्दै आयोगमा भेट हुने बताएका हुन् ।

मिश्रले एकलौटी रुपमा केन्द्रीय कमिटी बैठक राखेर दस्तावेज पारित गरेको आरोप लगाएका छन् । अध्यक्ष मिश्रसँग बैठक बोलाउने कसनै अधिकार नभएको दावी गरेका पाण्डेले मिश्रले दोस्रो पटक पार्टी फुटाएको बताएका छन् ।

सञ्चार माध्यमसँग कुरा गर्दै पाण्डेले पार्टीको कानुनी रुपमा नै अब टुंगो लाग्ने समेत बताएका छन् । यता मिश्रले भने आज बिहिबार संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्ने दस्तावेजलाई केन्द्रीय समितिको बहुमत सदस्यले पारित गरेको भन्दै विज्ञप्ती नै जारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर