जसपालाई सात मन्त्रालयसहित राजेन्द्र महतो गृहमन्त्री ! — OSNepal

जसपालाई सात मन्त्रालयसहित राजेन्द्र महतो गृहमन्त्री !

LC (KTM) May 27, 2021 0

काठमाडौं १३ जेठ । जनता सामावादी पार्टीका अध्यक्ष महन्थ ठाकुर आफ्नो पार्टी फुटाएर भएपनि सरकारमा जाने तयारीमा लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा लगी १० मन्त्रालयल दिने भनेपछि पार्टी एकताको लागि अर्का अध्यक्ष उपेन्द्र यादव सहितको संयुक्त विज्ञप्ती निकालेर पार्टीको समस्गा समाधान गर्ने बताएका ठाकुरले आफ्नो निणर्य एक दिनमा नै परिवर्तन गरी सरकारमा जाने निणर्य गरेका हुन् ।

ओली सरकारले ठाकुर पक्षलाई कम्तीमा पनि सात मन्त्रालयल दिने पक्का भइसकेको छ । जसपाकै राजेन्द्र महतोलाई गृहमन्त्री दिने पनि बुझिएको छ । ठाकुर समुहमा मन्त्री बन्ने सूचीमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, सर्वेन्द्रनाथ शुक्ला, उमाशंकर अगरिया रहेका छन् । सरकारमा जाने भएपछि ठाकुर राजपा ब्युँताउने भन्दै निवार्चन आयोग जाने तयारीमा लागेका छन् । जसपाका अर्का अध्यक्ष यादव भने ओली विरोधी हुन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर