जहाजमा सरर उडेर केपी ओली चितवन पुग्दा सडकको जाम छिचोल्दै कार्यक्रर्ता बोकेर चितवन पुगे भीम रावल — OSNepal

जहाजमा सरर उडेर केपी ओली चितवन पुग्दा सडकको जाम छिचोल्दै कार्यक्रर्ता बोकेर चितवन पुगे भीम रावल

LC (KTM) November 25, 2021 0

काठमाडौं, ८ मंसिर – नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल चितवन आइपुगेका छन् । १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावल बिहीबार अपराह्न चितवनको सौराहा आइपुगेका हुन् ।

रावल स्थलमार्ग अर्थात् सडकमार्गबाट महाधिवेशनस्थल आइपुगेका हुन् ।

वर्तमान अध्यक्ष केपी शर्मा ओली भने सुवासचन्द्र नेम्वाङ, गोकर्ण विष्टसहित जहाजबाट उडेर चितवन आएका थिए । ओली जहाजबाट भरतपुर ओर्लिँदा भीम रावल सडकको जाम छिचोल्दै कार्यकर्ताका साथ चितवन आइपुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर