जागिर नपाएर हैरान परेका यि २४ वर्षका युवकले रिसको झोकमा बाटोमा झुण्ड्याए बायोडाटा, तत्कालै पाए जागिर — OSNepal

जागिर नपाएर हैरान परेका यि २४ वर्षका युवकले रिसको झोकमा बाटोमा झुण्ड्याए बायोडाटा, तत्कालै पाए जागिर

LC (KTM) December 02, 2021 0

काठमाडौं। जागिर खाने इच्छा सबैको हुन्छ । धेरैको नजरमा सरकारी जागिरको आकर्षण बढी हुने भएपनि राम्रो प्राइभेट जागिर खाने पनि लाखौँको इच्छा हुन्छ । तर जागिर नपाएकाहरुको पिडा शब्दमा बयान गरिसाध्य हुँदैन । लण्डनका २४ वर्षका हैदर मलिक नाम गरेका युवकले जागिर नपाएको झोकमा रेल स्टेशनमा लगेर आफ्नो बायोडाटा झुण्ड्याइ ।

बायोडाटा झुण्ड्याएको केही घण्टामै उनले जागिर पनि पाए । मिडिलसेक्स युनिभर्सिटीबाट बैंकिङ र फाइनान्समा प्रथम श्रेणीमा उत्तिर्ण भएर पनि हैदर मलिक जागिरको लागि भौंतारिइरहेका बेला उनले अनौठो तरिकाले पाएको जागिरपछि उनी अहिले भाइरल बनेका छन् ।

थुप्रै स्थनमा अन्तरवार्ता दिँदा पनि जागिर नपाएका २४ वर्षका हैदर मलिकले एउटा बोर्डमा सबै जानकारी लेखेर आफ्नो बायोडाटा र लिंक्डइन प्रोफइलको क्युआर कोड शेयर गरे ।

हैदर मलिकका अनुसार यस्तो गर्न उनी आफ्ना पिता महमुद मलिकबाट प्रभावित भएका थिए । उनका पिता आफ्नो जवानीमै पाकिस्तानबाट बेलायत आएका थिए र ट्याक्सी चलाउँथे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर