जाजरकोटमा अक्सिजन उत्पादन सुरु,एक दिनमा ४० भन्दा बढी अक्सिजन सिलिण्डर भर्न सकिने — OSNepal

जाजरकोटमा अक्सिजन उत्पादन सुरु,एक दिनमा ४० भन्दा बढी अक्सिजन सिलिण्डर भर्न सकिने

LC (KTM) November 25, 2021 0

जाजरकोट-स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा जडान गरिएको अक्सिजन प्लान्टद्वारा अक्सिजन उत्पादन सुरु भएको छ । आज पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेसँगै औपचारिक रूपमा अक्सिजन उत्पादन कार्य सुरु भएको हो । एक दिनमा ४० भन्दा बढी अक्सिजन सिलिण्डरमा अक्सिजन भर्न सकिने स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टिकाराम जैसीले बताए ।

कम्तीमा १० वर्षसम्म यो प्लान्टद्वारा अक्सिजन उत्पादन हुने उनले जानकारी दिए । ८० लाखमा खरिद गरिएको उक्त प्लान्टले छिमेकी जिल्लालाई समेत राहत पुग्ने छ ।
विभिन्न समयमा समस्याले गाँजिएको जाजरकोटमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा भारी सुधारका संकेतसमेत देखिएका छन् । ५० सैय्याको जिल्ला अस्पतालका नयाँ संरचना निर्माणसमेत जारी रहेको छ ।

झण्डै ३२ करोडमा नयाँ अत्याधुनिक भवन निर्माण कार्य जारी रहेको छ । भवन निर्माण कार्य ७० प्रतिशत पुरा भएको छ । कर्णाली प्रदेशका सुर्खेत र जाजरकोटमा मात्र ५० सैय्याको अस्पताल रहेको छ । कर्णाली प्रदेश सरकारको मातहतमा स्वास्थ्य सेवा कार्यालय भए पनि संघीय बजेटमा यो प्लान्ट खरिदका काम भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर