जानी राखौँ: हाम्रै गाउँ घरमा पाईने पिँडालु खानुका यति धेरै फाईदा — OSNepal

जानी राखौँ: हाम्रै गाउँ घरमा पाईने पिँडालु खानुका यति धेरै फाईदा

LC (KTM) November 30, 2021 0

काठमाडौ-पिँडालु स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्राय मानिसहरुको भान्सामा पाकिने तरकाली पनि हो । यो एउता कन्दमुल हो । यसको स्वाद निकै मिठो हुन्छ ।

सामान्यतया तरकारीलाई हामीले स्वाद अनुसार रोज्ने गर्छौं । पिँडालुमा धेरै पौष्टिकता लुकेको हुन्छ । पिडालुमा आलुमा भन्दा पनि धेरै मात्रामा प्रोटिन र काइब्रोहाइड्रेट पाइन्छ।पिडालुको तरकारी खाने गर्नाले रगतलाई यसले सफा बनाइदिन्छ । यसले रक्तसंचारमा पनि सन्तुलन ल्याउने हुनाले रगत सम्बन्धि बिमार, उक्त रकताचाप कम हुँदै जान्छ ।

यसको तरकारी खाने गर्नाले मधुमेह पनि कम हुँदै जान्छ । पिडालुको पात पनि स्वाथ्यको लागि फाइदाजनक हुन्छ।पिडालु खानाले लामो समय सम्म सताइरहेको खोकीबाट पनि छुटकारा पाउन सकिन्छ । पिडालुको सेवनले स्फूर्ती बढ्ने र तनाव कम हुने समेत हुन्छ। पिडालुमा धेरै गुण भएतापनि यो सबैको लागि भने उपयोगी नहुन सक्छ । पिडालुबाट एक किसिमको एलर्जी पनि हुन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर