जान्ह्बी कपुरको मनको नजिक श्रीदेबी , फोनको वालपेपरमा यसरी देखियो आमाको फोटो — OSNepal

जान्ह्बी कपुरको मनको नजिक श्रीदेबी , फोनको वालपेपरमा यसरी देखियो आमाको फोटो

LC (KTM) December 04, 2021 0

बच्चा जतिनै ठुलो किन नहोस् उनीहहरुलाई आफ्नो आमा उत्तिकै प्यारो लाग्छ । साथै आमाको जरुरत पनि सधै रहने गर्छ । कसैको आमाले संसार छोडेर गए पनि उनलाई भुल्ने कुनै कुरै हुदैन । बलिउड अभिनेत्री जान्ह्बी कपुर आफ्नी आमा श्रीदेबीको एकदमै नजिक थिईन् । आमा अचानक बिते संगै उनको यादम जान्ह्बी को मनमा सधै रहने गरेको छ ।

श्रीदेबी सधै जान्ह्बीको यति नजिक थिईन् कि उनको यादका लागि जान्ह्बीले श्रीदेबीको फोटो सधै आफै संग राखेकी हुन्छिन् । जान्ह्बी कपुरले आफ्नो आमालाई सधै आफै संग राख्नको लागि अलग तरिका अपनाएकी छिन् । जान्ह्बीले आफ्नो मोबाइलको वालपेपरमा आमा श्रीदेबीको क्युट फोटो राखेकी छिन् । यो तस्बीर जान्ह्बी सानो हुदाको हो ।

जहाँ आमा श्रीदेबीले उनलाई काखमा राखेको देख्न सकिन्छ । जान्ह्बी आफ्नो साथीहरु संग शुक्रबार बेलुका डिनरको लागि निस्किएकी थिईन् । त्यतिबेला उनको फोनको वालपेपर फोटोपत्रकारको क्यामरामा कैद भएको हो । जसमा आमा श्रीदेबी संग जान्ह्बी काखमा बसेको देख्न सकिन्छ । जान्ह्बी अहिले पनि आफ्नी आमालाई एकदमै संझिरहन्छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर