जीपबाट खसेर १५ वर्षिया आशाको मृत्यु — OSNepal

जीपबाट खसेर १५ वर्षिया आशाको मृत्यु

LC (KTM) November 21, 2021 0

कैलाली ५ मंसिर । एक बालिकाको जिपबाट खसेर ज्यान गएको छ । दिपायलबाट डडेल्धुरा गइरहेको से १ ज ७१६ नम्बरको जिपबाट खसेर ति बालिकाको ज्यान गएको हो ।

ज्यान गुमाउने बालिका डोटीको शिखर नगरपालिका ८ की १५ वर्षीया आशा विक रहेकी छन् । जीपबाट खसेर टाउकोमा चोट गम्भिर चोट लागेको उनको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

जीप चालक डडेल्धुराको अमरगढी नगरपालिका १ का ३० वर्षीय खडकबहादुर ऐरलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर