जुत्ताका निकै सौखिन् छन् बलिउड अभिनेता शाहरुख खान — OSNepal

जुत्ताका निकै सौखिन् छन् बलिउड अभिनेता शाहरुख खान

LC (KTM) October 27, 2021 0

एजेन्सी । भारतीय कलाकारहरुको आ आफ्नै स्टारडम छ । उनीहरु आ आफ्नै विभिन्न कारणहरुले गर्दा चर्चामा रहेका छन् । कहिलेकाँही उनीहरुको फिल्मको चर्चा हुने गर्छ भने कहिलेकाँही उनीहरुको व्यक्तिगत जीवनको विषयमा पनि चर्चा हुने गर्छ । व्यक्तिगत हिसाबमा शाहरुख खान, सलमान खान, अमिताभ वच्चन लगायतका भारतका कैयन कलाकारहरु बेला बेलामा समाचारमा छाउने गरेका छन् ।

जसमध्ये शाहरुख खानलाई आफ्नो जुत्ताप्रति निकै लगाव रहेको भारतीय अनलाइन अमर उज्यालाले लेखेको छ । उनी दिनमा एकपटक वा बढीमा दुईपटक मात्र आफ्नो जुत्ता फुकाल्ने गर्छन् । कहिलेकाँही त उनी जुत्ता नफुकालीकनै सुत्ने गरेको रिर्पोटमा उल्लेख छ ।

त्यस्तै बलीउड अर्का सपरस्टार सलमान खानको पनि शाहरुखको जस्तै अनौठो बानी छ । रिर्पोटका अनुसार सलमान खानको घरमा हरेक किसिमको साबुन पाइन्छ । उनको साबुनको कलेक्सन राख्ने बानीको कलाकारहरुले बेला बेलामा चर्चा गरेको सुनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर