जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ — OSNepal

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

LC (KTM) September 10, 2021 0

मकवानपुर, २५ भदौ- हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ मा तीज पर्वको अवसरमा भन्दै जुवा खेलिरेहका ​६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गौरीटार बस्ने दिपक श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा थाहा नगरपालिका-६ बस्ने २१ वर्षीय डेनी भट्ट लगायत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३२ हजार ३ सय ९० रुपैयाँ, १५ थान कौडा, ६ बुक तास र जुवा खेल्न प्रयोग गर्ने पाउडर सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर