जेरी, पुरी, चटपटे, समोसा जस्ता खानेकुरा पत्रिकामा राखेर नखानुहोस्, लाग्नसक्छ यस्तो गम्भिर रोग — OSNepal

जेरी, पुरी, चटपटे, समोसा जस्ता खानेकुरा पत्रिकामा राखेर नखानुहोस्, लाग्नसक्छ यस्तो गम्भिर रोग

LC (KTM) November 16, 2021 0

काठमाडौं । बजार, पसलमा अहिले पनि व्यापारीहरुले कतिपय खानेकुरा पत्रिकामा राखेर दिने गर्छन् । व्यापारीहरुले चटपटे, पकौडा, समोसा, पुरी, जेरी, मिठाईजस्ता खानेकुरा पत्रिकामा बेरेर दिन्छन्, साथै उपभोक्ताले पनि पत्रिकामा राखेर खानेगर्छन् । तारेका खानेकुराको तेल सोसियोस् भनेर पनि कतिपयले पत्रिकाकै प्रयोग गर्छन् ।

तर, यो कति खतरानक छ भन्ने कुरा कमैलाई थाहा होला । पत्रिकामार राखेको खानेकुरा खाँदा जीवन घातक रोगसमेत लाग्न सक्छ । यसबारे नेपालमा कुनै कानुन वा यसलाई रोक्ने सरकारको कुनै निर्देशन नभए पनि भारतमा भने सुरु गरिएको छ ।

भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरणले हालै एडभाइजरी जारी गर्दै पत्रिकामा बेरिएका खाद्यपदार्थ सेवनलाई स्वास्थ्यका दृष्टिले खतरनाक बताउँदै भारतीय नागरिकहरूलाई सचेत गराएको छ ।पत्रिकालाई भाँडाका रूपमा प्रयोग गर्दा क्यान्सर, पेटसम्बन्धी समस्या, उच्च रक्तचाप तथा मिर्गौलाको रोग लाग्ने सम्भावना हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर