ज्ञानेन्द्रको शैलीमा डडेल्धुरामा भएको वडा अधिवेशन सभापति देउवाले खारेज गर्नुपर्छ : कर्णबहादुर मल्ल — OSNepal

ज्ञानेन्द्रको शैलीमा डडेल्धुरामा भएको वडा अधिवेशन सभापति देउवाले खारेज गर्नुपर्छ : कर्णबहादुर मल्ल

LC (KTM) November 14, 2021 0

काठमाडौं २८ कात्तिक । नेपाली कांग्रेसका डडेलधुराका सभापति कर्णबहादुर मल्लले डडेल्धुरामा भएको वडा अधिवेशन खारेज हुनु पर्ने बताएका छन् । पुर्व राजा ज्ञानेन्द्रको शैलीमा भएको वडा अधिवेशन खारेज हुनुपर्ने सभापति मल्लले बताएका हुन् ।

आइतबार बिहान एक  कार्यक्रममा सहभागी भएका     उनले प्रधानमन्त्री   तथा पार्टीका  सभापति     शेरबहादुर  देउवाले   यो वडा  अधिवेशन खारेज गनुपर्ने भन्दै   गुटगत अधिवेशन  देउवाकै  संरक्षमा  भएको  आरोप लगाएका   छन् ।  

आफुले देउवाको विरोध नगरी निरङ्कुश कार्यशैलीको मात्र विरोध गरेको पनि कार्यक्रममा बताएका छन् । ‘गुटगत वडा अधिवेशन उहाँकै संरक्षणमा भएको हो । त्यो फिर्ताका लागि धर्नाको विकल्प छैन ‘ उनले अघि भने ।

पार्टी सभापति सबैको अभिभावक हुनुपर्छ गुटको मात्र नेता हुनुहुँदैन भनेका उनले बूढानीलकण्ठबाट क्रियाशील सदस्यता थपघट गरिएको घटना समते कार्यक्रममा स्मरण गराएका छन् ।

धाँधली भएको प्रमाणसहित उजुरी दिँदा पनि सुनुवाइ नभएको उनको गुनासो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर