झापामा शारीरिक सुगठन प्रतियोगिता हुदै — OSNepal

झापामा शारीरिक सुगठन प्रतियोगिता हुदै

LC (KTM) November 20, 2021 0

अन्य खेलकूदका प्रतियोगिताो आयोजना भईरहेका हुन्छन् । तर वडी बिल्डिङ अर्थात शारिरीक सुगठन प्रतियोगिता कमै हुने गरेको छ । अब भने झापामा प्रदेश स्तरीय वडी बिल्डिङ प्रतियोगिता हुने भएको छ । बिर्तमोडमा रहेको बडी ग्यारेजको आयोजनामा प्रदेश स्तरीय मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पियनसिप प्रतियोगिता हुने भएको हो ।

फागुन २७ र २८ गते प्रतियोगिता आयोजना गरिएको आज पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा तौल अनुसार ४ समुहले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगितामा ५५, ६०, ६५ र ७० केजी माथि तौल समूहको छुट्टा छुट्टै प्रतिस्पर्धा हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

प्रतियोगितामा एक सय जना महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने बताइएको छ। प्रतियोगिताको च्याम्पियनले तीन लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन्। त्यस्तै फर्ष्ट र सेकेण्ड रनरअपले दुई लाख र एक लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । महिला र पुरुषका लागि छुट्टै छुट्टै प्रतियोगिता आयोजना हुने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर