टाइगर कप भलिबल : डिफेन्डिङ च्याम्पियन गण्डकी प्रतियोगिताबाट बाहिरियो — OSNepal

टाइगर कप भलिबल : डिफेन्डिङ च्याम्पियन गण्डकी प्रतियोगिताबाट बाहिरियो

LC (KTM) January 13, 2022 0

कास्की, २९ पुस -टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरामा जारी ‘टाइगर कप आमन्त्रित खुला क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप’अन्तर्गत आजको खेलमा पुरुषतर्फ साविक विजेता गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । पोखरा रङ्गशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा यही पुस २६ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत विभागीय टोली नेपाल आर्मीले डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेशमाथि ३–१ को सेटमा जीत निकालेको हो । गण्डकीलाई पराजित गरेसँगै आर्मीको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । आर्मीले पहिलो सेट २५–१५ अङ्कले जित्दा दोस्रो सेट भने २०–२५ ले गुमाएको थियो । तेस्रो सेट २५–१५ अङ्कले आफ्नो पक्षमा पारेकामा प्र्रतिस्पर्धात्मक बनेको चौथो सेटमा आर्मीले २६–२४ अङ्कको जीत निकाल्न सफल बन्यो ।

यसैगरी पुरुषतर्फको अर्को खेलमा हेल्प नेपाल स्पोर्टस् क्लबले विभागीय नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनल यात्रालाई थप बलियो बनाएको छ । हेल्प नेपालले एपिएफ क्लबलाई २३–२५, २५–२०, २५–१५ र २५–१९ अङ्कले खेल आफ्नो पक्षमा पार्न सफल भयो । जीतसँगै हेल्प नेपालको तीन खेलबाट सात अङ्क पुगेको छ । प्रतियोगितामा एपिएफको लगातर चौथो पराजय हो ।

यता महिलातर्फको एक खेल भने खेल जारी रहँदै अँध्यारो भएपछि स्थगित गरिएको छ । न्यू डायमण्ड र विभागीय टोलीबीचको खेलमा न्यू डायमण्ड २–१ सेटले अगाडि रहेको अवस्थामा खेल अवरुद्ध बनेको प्राविधिक संयोजक तहलसिंह मगरले बताउनुभयो ।यस्तै महिलातर्फको एक अर्को खेलमा भने आयोजक टाइगर ग्रुप विभागीय टोली नेपाल आर्मीसँग ३–१ सेटले पराजित भएको छ । आगामी माघ १ गतेसम्म ‘राउण्ड रोविन लिग’का आधारमा सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता छ ।

प्रतियोगिताको उपाधि विजेता महिला÷पुरुष टोलीले समान रु तीन÷तीन लाख, उपविजेता महिला÷पुरुष टिमलाई समान रु एक लाख ५० हजार, तृतीय हुने महिला÷पुरुष टिमलाई समान नगद रु ७५ हजार र सान्त्वना हुने महिला÷पुरुष टिमलाई नगद रु ३५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।यसैगरी महिला तथा पुरुषतर्फ उत्ृकष्ट एक÷एक खेलाडीलाई समान रु २५÷२५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ । यसैगरी उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही रु १०÷१० हजारसहित र ट्रफीद्वारा सम्मान गरिने टाइगर ग्रुप पोखराका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर