टिकटकबाट रातारात भाइरल भएका सन्तोष पौडेल र श्रीमती एकैसाथ मिडियामा — OSNepal

टिकटकबाट रातारात भाइरल भएका सन्तोष पौडेल र श्रीमती एकैसाथ मिडियामा

LC (KTM) August 29, 2021 0

आजभोली सामाजिक सञ्जालका कारण केही ब्यक्तिहरु रातारात भाइरल भइरहेका छन् । त्यस्तै मध्य एक हुन् सन्तोष पौडेल । उनका टिकटक प्राय श्रीमतीसंग सम्बन्धित हुन्छन् । आफुलाई श्रीमती पीडितका रुपमा प्रस्तुत गर्ने सन्तोष भन्छन् वास्तवमा म श्रीमती पीडित भने होइन । आफुले केही उदाहरण समाजमा देखेका कारण त्यसैलाई उतारेको बताउँछन् । उनले करिब १० वर्ष फिल्म क्षेत्रमा प्राविधिकका रुपमा काम गरेको अनुभव आफुसंग भएको बताउँछन् ।

उनले त्यो अनुभव आफुले टिकटकमा प्रयोग गरेको बताउँछन् । त्यसैले आफ्नो टिकटकमा पनि फिल्ममा कथा बोलेजस्तै बनाउने गरेको पनि बताउँछन् । टिकटक आउनु अघि म्युजिकलीमा पनि यसरी नै भिडियो बनाउने गर्थे । यद्धपी आफुसंग अभिनयको भने अनुभव भने नभएको बताउँछन् । उनले प्राविधिक क्षेत्रमा काम गरेको भएपनि अभिनयसंग सम्बन्धितहरुसंग लामो समय संगत भएका कारण पनि सजिलै गर्न सकेको बताउँछन् ।

उनले टिकटक खाता बनाएको धेरै भएको छैन । अघिल्लो लकडाउन सुरु भएपछि मात्र उनले टिकटक बनाउन थालेको बताउँछन् । झण्डै डेढ बर्षको अवधिमा उनले बनाएका टिकटक भने निकै भाइरल भएका छन् । श्रीमतीलाई पनि टिकटकमा प्रस्तुत गर्ने गरेका छन् । तर आफुलाई श्रीमती पीडितका रुपमा प्रस्तुत गरेका हुन्छन् । तर त्यसो होइन उनी भन्छन्, हामी संगै बस्न थालेको ३३ वर्ष भैसक्यो । त्यसैले हामीबीचमा निकै राम्रो समझदारी छ ।

उनीहरुको विवाह पनि अनौठो तरिकाले भएको थियो । त्यसवारे श्रीमतीले वास्तविकता खुलाउँदै भनिन्, चिया खाएर सक्दा सम्म मलाई जवाफ दिनुपर्छ भनेर चिया खान थाल्नुभयो । म तँलाई मन पराउँछु यो चिया खाँदा सम्म मलाई जवाफ चाहियो भनेपछि मैले पनि माया गर्छु भने म डराएरै भनेकी थिएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर