टिकटकमा भाईरल भईन मोरँगकी पद्मा उप्रेती — OSNepal

टिकटकमा भाईरल भईन मोरँगकी पद्मा उप्रेती

LC (KTM) November 18, 2021 0

छिमेकी भारतले टिकटक प्रतिबन्ध लगाइसक्यो, संयुक्त राज्य अमेरिका र अष्ट्रेलिया पनि यही कदमतर्फ उन्मुख छन्, तर नेपालमा भने कोभिड–१९ का कारण बन्दाबन्दी र निषेधाज्ञामा टिकटकको प्रयोगमा व्यापक वृद्धि भएको छ ।

चिनियाँ स्वामित्व भएको यो एप आफ्ना लुकेका प्रतिभा ल्याउन मात्र होइन, फेसन, खानाका साथै थुप्रै अनलाइन व्यवसायका लागि सहायक भइरहेको छ । अरु त अरु पूर्व शाही दम्पती पारस र हिमानी शाहका छोरीहरू पूर्णिका र कृतिका जो प्रायःजसो नृत्य भिडियोहरू बनाउँछन्, टिकटकमा ‘हिट’ छन् । पछिल्लोपटक त छोरीहरुसँगको टिकटकमा हिमानीलाई समेत नाँचिरहेको देखियो ।

११ चैतमा घोषणा भएको बन्दाबन्दीको दुई सातापछि काठमाडौंका एक चिकित्सक भरत पोख्रेलले टिकटक प्रयोग गर्न थाले, आफ्नो र बहिनीको भिडियो पोस्ट गर्दै । दर्शकबाट प्राप्त कोभिड–१९ सम्बन्धी चिकित्सकीय प्रश्नहरूको उत्तर दिएर चार महीनामै उनले १३ हजार भन्दा बढी फलोअर्स बनाए । उनका भिडियोहरूमा चार लाख ‘लाइक्स’ पुगेको छ ।

यसैबिच एक सानो घरबाट एउटा प्रतिभा बाहिर आएको छ । पद्मा उप्रेती मोरँग, बेलबारीकी हरन् र उनी टिकटकमा सबैलाई आफ्नो भान्छाबाट गीत सुनाउँछिन् । उनको आवाज सबैले तारादेवी जस्तो भन्छन् । गीत गाउने मन छ तर पैसा छैन । पद्माको आवाज सुन्नुस र उनको पिडा नजिकबाट नियाल्नुस । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर