टिम बनाउने कसरतमा देउवा — OSNepal

टिम बनाउने कसरतमा देउवा

LC (KTM) November 16, 2021 0

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवशनमा आफ्नो समूह निर्माणका लागि छलफल सुरु गरेका छन् । मंसिर २४ का लागि तोकिएके १४औं महाधिवेशनले नयाँ नेतृत्व मात्र छनोट गर्ने भएपछि सोमबार आफ्नै निवास बूढानीलकण्ठमा निकटहरूको भेला राखेका हुन् ।

जिल्ला,प्रदेश हुँदै केन्द्रसम्म आफ्नो समूहका नेताले जित्नुपर्नेमा जोड दिंँदै सहभागी नेताले प्रदेश सभापतिसहित पदाधिकारी र केन्द्रमा पनि आफ्नो समूह तत्काल घोषणा गर्नुपर्नेमा जोड दिएका छन् ।

भेलाको सुरुमा महामन्त्री पूर्णबहादुर खड्काले आफ्नो समूहबाट १४औं महाधिवेशनमा सभापतिको एक मात्र उम्मेदवार वर्तमान सभापति शेरबहादुर देउवा रहेको धारणा राख्दै उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा भने आकांक्षी धेरै रहेको भन्दै अजेन्डा पेस गरेका थिए । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

संस्थापन समूहकै नेता एवं पार्टी उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तर, खड्काले त्यस विषयलाई निकट भेलामा नराखेपछि सहभागी श्रेष्ठले आफू सभापतिको दाबेदार रहेको भन्दै देउवालाई सरकार सञ्चालन गर्न र पार्टी नेतृत्वमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर